काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवाबाट राजीनामा दिएका छन्। प्रहरी सहायक हवल्दार पदमा कार्यरत ऐरीले २०७९ वैशाख २८ गते राजीनामा दिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिएका छन्।
राजीनामा स्वीकृत भइसकेको पनि प्रवक्ता घिमिरेले पुष्टि गरेका छन्। विभागीय टोली नेपाल पुलिस क्लबका कप्तानसमेत रहेका ऐरीले २०१६ (वि.सं. २०७३) देखि नेपाल प्रहरीमा सेवा गर्दै आएका थिए।
उनी २०८० असोजमा प्रहरी सहायक हवल्दारमा विशेष बढुवा भएका थिए। चीनमा सम्पन्न १९औं एसियन गेम्समा टी–२० क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएपछि उनीलाई विशेष बढुवा दिइएको थियो।
अब राजीनापछि ऐरी पूर्णरूपमा क्रिकेट करियरमै केन्द्रित हुने अनुमान गरिएको छ। राष्ट्रिय टिममा लामो समयदेखि योगदान दिँदै आएका ऐरी हालका सबैभन्दा प्रभावशाली खेलाडीहरूमा गनिन्छन्।