काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखि सार्वजनिक यातायात ठप्प भएको छ । जसले गर्दा जनजीवन प्रभावित भएको छ। यातायात मजदुरहरुले बिहानैदेखि सार्वजनिक यातायात बन्द गरेका कारण जनजिवन प्रभावित भएको हो।
सोमबार राति यातायात मजदुरहरुले बन्द घोषणा गरेका कारण बिहानै गन्तव्यमा हिँडेका यात्रु अलपत्रमा परेका छन्। केही निजी सवारी साधान चलेका छन भने फाट्टफुट्ट रुपमा सार्वजानिक यातायात पनि चलेका छन्।
चक्रपथ बाहिर सार्वजनिक यातायात चले पनि चक्रपथ भित्र नगन्य रुपमा चलेका छन्।विहान कलेज विद्यालय र काममा जाने यात्रु सार्वजनिक यातायात नचल्दा मर्कामा परेका छन।
सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ। ट्राफिक नियम पालनामा ज्यादती भएको भन्दै यातायात मजदुरहरुले आज बन्दको घोषणा गरेका हुन्। नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सोमबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै आज काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायातमा नचलाउने घोषणा गरेका थिए।
यसैगरी आजै आन्दोलनरत यातायात व्यवसायी तथा यातायात मजदुर र सरकारबीच आज हुँदै छ। सरकारले यातायात मजदुरलाई वार्ताका लागि बोलाएको हो।