काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहीवार सेयर बजार परिसूचक नेप्से २५.८९ अंकले वृद्धि भएर २,७३१.८० को बिन्दुमा पुगेको छ। यसअघि बुधबार पनि नेप्से २२.०४ अंकले वृद्धि भइसकेको थियो।
बिहीवार कारोबार रकम पनि उच्च रही ९ अर्ब ६८ करोड २४ लाख रुपैयाँ नाघेको छ, जुन बुधबारको भन्दा करिब २ अर्ब रुपैयाँ बढी हो। कुल २ करोड ६४ लाख ७० हजार कित्ता सेयर किनबेच भएको छ।
बिहीवार सबै समूहमा सुधार देखिएको छ भने बैंकिङ समूहको सूचक ३.०२ प्रतिशतले सबैभन्दा बढी बढेको छ। साथै लघुवित्त, विकास बैंक, सामूहिक लगानी र वित्त समूहमा समेत सकारात्मक वृद्धि भएको छ।
१६१ कम्पनीको शेयर मूल्य बढ्दा ८७ कम्पनीमा मूल्यमा करेक्सन देखिएको छ। कारोबारमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक र सप्तकोशी विकास बैंक अग्रस्थानमा रहेका छन्। एनआरएन इन्फ्रास्ट्रक्चरको मात्रै कारोबार रकम ५७ करोड रुपैयाँ माथि पुगेको छ।
साताको पहिलो दिन केही घटबढ देखिएको भए पनि बुधबारदेखि बजारले पुनः उत्साहसहित वृद्धि गरेको छ। यसले बजारमा सकारात्मक भावना कायम रहेको संकेत गरेको छ।