काठमाडौं । साउन महिनादेखि लागू हुनेगरी वाणिज्य बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा ब्याजदर औसत रूपमा घटेको छ। बैंकहरूले सार्वजनिक गरेका नयाँ दर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२६ प्रतिशतले घटेर ५.७ प्रतिशतमा झरेको छ भने संस्थागत निक्षेपको ब्याजदर ०.२६ प्रतिशत घटेर ४.११ प्रतिशत कायम भएको छ।
१४ बैंकले ब्याजदर घटाए, २ ले बढाए
साउन १ गतेदेखि लागू हुने नयाँ ब्याजदरमा १४ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने २ बैंकले मात्र बढाएका छन्। बाँकी बैंकहरूले असार महिनाको दरलाई निरन्तरता दिएका छन्।
ब्याजदर घटाउने प्रमुख बैंकहरू:
कृषि विकास बैंक: ५.४०%
नेपाल बैंक: ५.४०%
कुमारी बैंक: ५.४१%
नेपाल एसबीआई बैंक: ५.३५%
लक्ष्मी सनराइज बैंक: ५.५०%
प्राइम बैंक: ६.००%
सिटिजन्स बैंक: ५.५०%
प्रभु बैंक: ४.२५% (अत्यन्तै न्यून ब्याजदर)
नबिल बैंक: ५.५०%
सानिमा बैंक: ६.१८%
राष्ट्रिय वाणिज्य बैंक: ५.५०%
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक: ५.२५%
एनआईसी एशिया बैंक: ६.२५%
एभरेष्ट बैंक: ६.२५%
ब्याजदर बढाउने बैंकहरू:
हिमालयन बैंक:
व्यक्तिगततर्फ ०.५०% वृद्धि गरी ६.००%
संस्थागततर्फ १.००% वृद्धि गरी ५.००%
स्ट्याण्डर्ड चार्टर्ड बैंक:
व्यक्तिगततर्फ ०.०१% वृद्धि गरी ६.२६% (सर्वाधिक ब्याजदर)
पुरानै दर कायम राख्ने बैंकहरू:
ग्लोबल आइएमई बैंक: ६.००%
माछापुच्छ्रे बैंक: ६.००%
एनएमबि बैंक: ६.००%
सिद्धार्थ बैंक: ५.७५%