काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलबाट दुई केजी सुनसहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ठमेलस्थित एक होटलमा विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन्। प्रहरीले उनीहरूकाे साथबाट दुई किलो सुनसँगै २४ लाख नगदसमेत बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार बरामद सुनको स्रोत र प्रयोगको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको छ भने आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।