काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको छ।
आज ३१९ कम्पनीका ४ करोड ४८ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।
सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्स कम्पनीको भएको छ, जसको कारोबार ७८ करोड १० लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ७५ करोड २९ लाख, निफ्राको ६२ करोड ३३ लाख, बुटवल पावर कम्पनीको ६२ करोड २५ लाख र नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।