काठमाडौं । सिलिन्डर ग्यास विस्फोट भएपछि घाइते भएकी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ।
बुधबार राति सिलिन्डर ग्यास विस्फोट हुँदा प्रतिनिधिसभा सदस्य कांग्रेसका नेता भण्डारी र उनकी आमा घाइते भएका थिए ।
कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारार्थ भर्ना गरिएकी आमा हरिकलाको बिहीबार १० बजेर ५८ मिनेटमा निधन भएको अस्पतालकी मेडिकल डाइरेक्टर डा.निजिमा ताम्राकारले जानकारी दिएकी हुन् । घाइते सांसद भण्डारीलाई थप उपचारका लागि आजै मुम्बई लैजाने तयारी गरिएको छ ।