काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो दिन जस्तै आज पनि बजार एकल अंकले उकालो लाग्दै नेप्से ३.७६ अंकले वृद्धि भएर २,९८२.६४ विन्दुमा पुगेको छ। कारोबारको क्रममा नेप्से एकपटक २,९९० विन्दुसम्म पुगेको थियो।
यस्तै, ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३१ अंकले बढेर ५१७.१३ विन्दुमा पुगेको छ। आज सेयर बजारमा कारोबार भएका १३ वटा उपसूचकहरूमध्ये ६ वटा उपसूचक मात्रै हरियालीमा बन्द भए भने बाँकी ७ उपसूचक ओरालो लागेका छन्। कारोबार भएका कम्पनीमध्ये १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ कम्पनीको सेयर मूल्य घटेको छ।
तर, परिसूचक सामान्य वृद्धि भए पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ। अघिल्लो दिन साढे १९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएकोमा आज १८ अर्ब ४९ करोड ४ लाख २८ हजार ७९४ रुपैयाँ बराबरको कारोबार मात्र भएको छ।
आज कुल ३२८ कम्पनीका ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर १ लाख ५४ हजार ६४२ पटक किनबेच भएका छन्।
यसदिन ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। ती कम्पनीहरूमा ग्रीन भेन्चर, ट्रेड टावर, सान्भी इनर्जी, र स्वीट गंगा हाइड्रो रहेका छन्, जसको सेयर मूल्य १० प्रतिशतले उकालो लागेको हो।