लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–६ फेदिकुनाबाट ट्रामाडोल जस्तो संवेदनशील लागूऔषधसहित चार जना युवा पक्राउ परेका छन्। बिहीबार राति प्रहरीले विशेष सूचनाका आधारमा निगरानी गर्दै ट्रामाडोल ६७ ट्याब्लेटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ का १९ वर्षीय मनिष नेपाली, २२ वर्षीय रिजन तामाङ, २२ वर्षीय कुशल रेग्मी तथा नगरपालिका–७ का २५ वर्षीय सन्तोष कुमाल रहेका छन्।