काठमाडौं । लगातार आठ दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आइतबार करेक्सन देखिएको छ। साताको पहिलो दिन नेप्से सूचक १८.४४ अंकले घटेर २९६४.२० विन्दुमा झरेको छ।
नेप्सेसँगै अन्य सूचकहरू पनि ओरालो लागेका छन्। सेन्सेटिभ इन्डेक्स ३.२६ अंकले, फ्लोट इन्डेक्स १.४५ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०६ अंकले घटेका छन्।
गत बिहीबार करिब साढे १८ अर्ब रुपैयाँको कारोबार भएको बजारमा आइतबार भने झन् उच्च कारोबार देखिएको छ। नेप्सेमा आज ३२३ कम्पनीका कुल २ लाख ३ हजार ६५८ पटकको कारोबारमा ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर खरिदबिक्री भएका छन्। कुल कारोबार रकम २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँ पुगेको छ।