काठमाडौं । आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको छ ।
स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७ विकेटको क्षतीमा पुरा गर्यो ।
जसमा दीपेन्द्रसिंह ऐरीले अविजित ८५ रनको योगदान गरे । यस्तै कुशल मल्लले ८१ रन बनाए ।
७७ रनमा ५ विकेट गुमाएर धर्मराएको नेपालका लागि कुशल र दीपेन्द्रले शसतकीय साझेदारी गरे ।
स्कटल्याण्डका लागि क्रिस सोले र मार्क वाटले तीन तीन विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २७४ रन बनायो । उसका लागि माइकल लिस्कले शतकीय पारी खेल्दै १०७ रनको अविजित रहे ।
टिमको स्कोर १११ हुँदा छ विकेट गुमाएर धर्मराएको पारी ज्याक जार्विस र माइकल लिस्कले ८१ रनको साझेदारी गर्दै सम्हालेका थिए । जार्विस २६ रनमा आउट भए ।
नेपालका लागि सन्दीप लामिछानेले ३,कुशल मल्लले ३,दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कुशल भुर्तेलले एक एक विकेट हात पारे । नेपालले भोलि नामिबियासंग खेल्नेछ ।