काठमाडौं । दाङ जिल्लाको बबई गाउँपालिका वडा नं. ४ हापुरे निवासी गेद बहादुर रजाली मगर गम्भीर स्वास्थ्य समस्याबाट पीडित छन्। दुई वर्षदेखि दुबै आँखा नदेख्ने, मधुमेह (सुगर) र मिर्गौला सम्बन्धी रोगले ग्रसित उनको अहिले नेपालगन्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
चिकित्सकका अनुसार रजाली मगरलाई केही महिना अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था छ। तर आर्थिक अवस्था कमजोर भएकाले उपचारमा गम्भीर कठिनाइ आइपरेको उनका परिवारजनले बताएका छन्। उनको परिवारले सहयोगका लागि सबैमा अपिल गरेका छन्।
छोरामार्फत उपचारका लागि अभियान चलाइएको छ ।
सहयोग गर्न चाहनेले बिरामीको बैंक खाता वा क्युआर कोडमार्फत रकम पठाउन सक्नेछन्। थप जानकारी वा सहयाेगका लागि बिरामीका छोरा (फोन: 9763970999) लाई सम्पर्क गर्न सकिने जनाइएकाे छ।