काठमाडौं । अस्ट्रेलियाको डर्विनमा आयोजना हुने टप एण्ड टी-२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ। आउँदो अगस्ट १४ देखि २४ सम्म अस्ट्रेलियामा हुने यस प्रतियोगिताका लागि कुशल मल्लले टिममा पुनरागमन गरेका छन्। यसअघि स्कटल्यान्ड टुरमा टिममा नअटेका मल्लले पुनरागमन गरेका हुन्।
यसै टोलीमा आदिल आलम र अनिल कुमार शाह भने टिममा अटाउन सकेनन्। लामो समयपछि राष्ट्रिय टिमको प्रशिक्षणमा फर्किएका आलमले अन्तिम टोलीमा भने स्थान बनाउन सकेनन्।
सिरिजमा नेपालसहित ११ टोलीले सहभागिता जनाउनेछन्। नेपालले लिग चरणमा छ खेल खेल्नेछ। नेपालले आफ्नो पहिलो खेल १५ अगस्टमा स्थानीय टिम नर्दन टेरिटोरी स्ट्राइक विरुद्ध खेल्नेछ।
नेपालसहित प्रतियोगितामा पाकिस्तान साहिन्सी (पाकिस्तान ए) , बंगलादेश ए र अमेरिकाबाट सिकागो किङ्ग्समेन सँगै अस्ट्रेलियाका पाँच बिग ब्यास एकाडेमी टोलीले सहभागिता जनाउनेछन्।
अस्ट्रेलियाबाट हर्बर्ड फुर्केन्स पर्थ स्कोचर्स, एडिलेट स्ट्राइकर्स, मेलबर्न स्टार्स, मेलबर्न रेनिगट्स, एसीटी कोमट्स र स्थानीय टिम एन्टि स्ट्राइकले सिरिजमा भाग लिनेछन्।
खेलको शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन्। नेपालले यस प्रतियोगितालाई आगामी अक्टोबरमा हुने आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीको रूपमा लिएको छ।
नेपालले आगामी सेप्टेम्बरमा ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ।
टप एण्ड टी२० सिरिजका लागि नेपाली टिम:
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, आरिफ शेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजबंशी