सुदिप वि.क
लमजुङ । लमजुङको बेसिशहर नगरपालिका वडा नम्बर –११, चितीमा बोलबम कलश यात्रा गरिएको छ । वैदिक सनातन हिन्दु धर्म संरक्षण अभियान, विश्व हिन्दु महासंघ, चिति साहित्य समाज लमजुङ र जीवनका लागि गीता ज्ञान अभियानको संयुक्त आयोजनामा ‘नमो शिवाय बोलबम’ कलश यात्रा भएको हो ।
चिती तिलाहारको शिद्धेश्वर महादेव मन्दिरबाट निस्किएको महादेव पर्वतीको झाँकीसहितको ¥याली त्रिवेणी धाममा पुगेर स्नान गरी त्रैलोकेश्वर महादेव मन्दिरमा पुजा अर्चना गरी जल लिएर शिद्धेश्वर महादेव मन्दिरमा जल चढाइ पुजाअर्चना गरी बोलबम यात्रा समापन गरिएको छ ।
बराह देवीले त्रिवेणी धाममा स्नान गरी त्रिवेणी धामको जल लिएर शिद्धेस्वर महादेवको मन्दिरमा समेत चढाउने गरेकोले त्रिवेणीडाडा र शिद्धेस्वर महादेव मन्दिरबीच सम्बन्ध रहेको किम्बदन्ती रहेको छ ।
त्रैलोकेश्वर मन्दिर व्यवस्थापन समितिका अनुसार दुई नदि दोर्दी र मस्र्याङ्दी नदिको संगममा परेको पवित्र स्थल त्रिवेणी धामलाई ऐतिहासिक,धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गरी सबैको आकर्षकको केन्द्र बनाउन समिति लागि परिएको छ ।
उक्त कार्यक्रममा वैदिक सनातन हिन्दु धर्म संरक्षण अभियान, विश्व हिन्दु महासंघ, चिति साहित्य समाज लमजुङ र जीवनका लागि गीता ज्ञान अभियानका पदाधिकारीका साथै स्थानीय भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस यात्राले हिन्दु धर्म र संस्कृतिको संरक्षणमा योगदान पु¥याउने आयोजकले विश्वास लिएको छ ।