किश्तवाड । बिहीबार किश्तवाडस्थित मचैल माता मन्दिर नजिकै अचानक आएको भारी वर्षापछि १७ जनाको मृत्यु भएको छ। अहिलेसम्म ५० जनालाई उद्धार गरिएको छ।
घटना हिमालयमा अवस्थित माता चण्डी मन्दिरको यात्राको क्रममा चिशोती क्षेत्रमा भएको हो। जानकारी पाउँदा जाँच र उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेका छन् र ठूलो मात्रामा उद्धार तथा राहत कार्य संचालन भइरहेको छ।
केन्द्रीय मन्त्री जितेन्द्र सिंहले घटनामा ठुलो मानवीय क्षति हुन सक्ने बताए। उनले प्रशासन सक्रिय भएको र उद्धार टोली तत्काल घटनास्थलमा पठाइएको जानकारी दिएका छन्।