सुदिप वि.क
लमजुङ । लमजुङ बेसिशहर नगरपालिका–११, चिति तिलाहरमा आयोजित कृष्ण भजन प्रतियोगिता सम्पन्न भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित प्रतियोगितामा श्री कृष्ण आमा समूह पहिलो भएको छ भने शिवशक्ति आमा समूह र तिलाहार आमा समूहले सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कारको राशी ३,००० रुपैयाँ रहेको छ भने सान्त्वना पुरस्कार प्रत्येक समूहलाई १५००÷१५०० रुपैयाँ प्रदान गरिएको छ ।
प्रतियोगिताको प्रायोजक सर्वोत्तम पन्त(३०००), जिज्ञासु पन्त (२०००) र श्रीराम विष्ट (१,०००) र शान्त दवाडी (५०५) रहेका थिए ।
त्यसैगरी, प्रतियोगितासँगै बेसिशहर ११, भीमसेन गुठी नेवाः खलद्वारा रोपाइँ जात्रा प्रदर्शन गरिएको थियो । स्थानीय सांस्कृतिक कार्यक्रम र परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्य राख्दै रोपाइँ जात्रा आयोजना गरिएको हो ।