काठमाडौं । लमजुङ–पोखरा सम्पर्क समितिद्वारा सञ्चालित लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था र पोखरा–१२ शिवचोकस्थित अन्नपूर्ण महिला तथा बाल अस्पतालबीच छुट सम्झौता भएको छ ।
उक्त सम्झौतामा सहकारीका अध्यक्ष बिजली बहादुर गुरुङ र अस्पतालका अध्यक्ष सन्तोष पाण्डेले हस्ताक्षर गरेका छन् । भदौ १ गतेदेखि सम्झौता कार्यान्वयनमा आएको समितिका अध्यक्ष गुरुङले जानकारी दिए ।
सम्झौता अनुसार, लमजुङ पोखरा सम्पर्क समिति र समितिअन्तर्गत सञ्चालित सहकारीका सदस्यहरूले अन्नपूर्ण महिला तथा बाल अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट पाउनेछन् ।
समितिको सिफारिसमा मात्रै उक्त छुट प्रदान गरिने सम्झौतामा उल्लेख छ । हाल समिति र सहकारीमा ५१२ जना सदस्य आवद्ध रहेका अध्यक्ष गुरुङले बताए ।
अस्पतालका अध्यक्ष पाण्डे स्वयं पनि लमजुङ जिल्लाबासी भएकाले आफ्नै जिल्लाका नागरिकलाई स्वास्थ्य उपचार जस्तो जीवनसँग प्रत्यक्ष जोडिएको क्षेत्रमा सहयोग पु¥याउने उद्देश्यले यस्तो योजना ल्याएको बताए । यो सम्झौता ५ वर्षसम्म कायम रहनेछ ।
अस्पतालले महिला तथा बालबालिकासहित विभिन्न रोगका उपचारमा विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।