काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लामो छलफलपछि आज विद्यालय शिक्षा विधेयक पारित गरेको छ।
समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले फरकमत राखे। माओवादी केन्द्रले पाँच बुँदे फरकपत्र दर्ता गरेको छ। सांसद देवेन्द्र पौडेल, महिन्द्रराय यादव, रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले विधेयकमा उठाइएका शिक्षा सुधारका विषय पर्याप्त सम्बोधन नभएको कारण फरकमत दिएको जनाएका छन्।
यो विधेयक अब प्रतिनिधि सभाको आगामी बैठकमा पेश हुने तयारीमा छ। विधेयकले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई एकीकृत र संशोधन गर्ने उद्देश्य राखेको छ।