काठमाडौं । विभिन्न पाँचबुँदे माग राख्दै कवाड व्यवसायीहरू सोमबार आन्दोलित भएका छन् । संविधानले प्रदान गरेको पेशा व्यवसाय गर्ने अधिकारको ग्यारेन्टी गर्नुपर्ने माग गर्दै उनीहरूले काठमाडौं महानगरको कमलादीस्थित कार्यालय अगाडि धर्ना दिएका हुन् ।
आन्दोलनरत व्यवसायी, संकलक र मजदुरहरूले काठमाडौं महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्य तत्काल रोक्नुपर्ने, यसमा संलग्न महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै, उनीहरूले कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेका छन् । साथै, विगत दुई वर्षमा महानगरले कवाड व्यवसायीमाथि पुर्याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने पनि उनीहरूको जोड रहेको छ ।