काठमाडौं । काठमाडौं तारकेश्वर–१०, लोकतान्त्रिक चोकमा नयाँ शुभम इन्टरनेसनल हस्पिटल प्रा.लि. सञ्चालनमा आएको छ ।
अत्याधुनिक सेवासहित पूर्ण क्षमतामा हस्पिटल सञ्चालनमा आएको हो । हस्पिटलको यहि भदौ १२ गते नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
हस्पिटलमा दक्ष र अनुभवी वरिष्ठ चिकित्सक तथा प्रतिष्ठित व्यक्तिहरूद्वारा सेवा प्रदान गरिनेछ । संस्थापक डा.केदार नरसिंह केसी र शुभम इन्टरनेसनल हस्पिटल परिवारले सबैमा उपस्थितिका लागि आग्रह गरेको छ।
हस्पिटलले २४ सैं घण्टा इमरजेन्सी सेवा, बहिरंग तथा अन्तरंग सेवा, अत्याधुनिक ल्याबोटरी तथा डाइग्नोष्टिक सेवा, फार्मेसी सेवा, सामान्य र प्रमुख शल्यक्रिया सेवा, आइसीयु, इसडियू सेवा र रेडियोलोजी-डाइग्नोष्टिक सेवा (एक्स–रे, इसिएचओ, अल्ट्रासाउन्ड, कोलोनोस्कोप, इन्डोस्कोपी) प्रदान गर्नेछ ।