काठमाडौं । हरितालिका तिजको अवसरमा लमजुङको बेसिशहर ११ चिति तिलाहरमा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय सुदिप वि.कको पहलमा भएको तिज विशेष कार्यक्रममा विविध सांस्कृतिक र खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि समाजसेवी शुभ निधि पाण्डे र विशेष अतिथि गोमा वाग्ले रहेका थिए ।
तिज गीत प्रतियोगितामा श्रीकृष्ण आमा समूह प्रथम, सल्लाघरी दिदीबहिनी समूह दोस्रो, दुधपोखरी ऋण सहकारी बेसीशहर तेस्रो र चिती बजार आमा समूह सान्त्वना भएको छ । यस्तै ठेलो तर्फ विनोद मिजार प्रथम, र सुरज परियार दोस्रो भएका छन् ।
भलिबल प्रतियोगितामा आयोजक चिती टिम प्रथम, पुरानो दुबार टिम दोस्रो भएको छ । यसैगरी, घैटो फुटाउने प्रतियोगितामा दिप्सन पन्त विजयी भए । प्रतियोगिताका सबै विजेतालाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम सफल पार्न चिति स्याउत घर भइ हाल बेलायत निवासी प्रकाश भण्डारी र आमा शारदा कुमारी भण्डारी लगायत देश–विदेशमा रहेका अन्य शुभेच्छुकहरूले आर्थिक सहयोग गरेका थिए ।
गत वर्ष वडा कार्यालय, युवा क्लवको पहलमा चिति तिलाहरमा कार्यक्रम हुने गरेपनि यस वर्ष भने कुनै पनि संघसंस्था कार्यक्रम गर्न अग्रसर भएनन् । लमजुङको व्यापारिक केन्द्रका रुपमा रहेको चिति तिलाहरमा यस वर्ष भने छोटो समयमै कार्यक्रम गर्न सफल भएको सुदिप वि.कले बताए । विगतका वर्षहरुमा चितिमा तिज महात्सव नै लाग्ने गर्दथ्र्यौ ।