एजेन्सी । अफगानिस्तानमा आइतबार राति गएको शक्तिशाली भूकम्पमा परि ६ सय जना बढीको मृत्यु भएको छ । पाकिस्तानको सीमानजिकैको दक्षिण–पूर्वी अफगानिस्तानमा ६.३ म्यग्निच्युडको भूकम्पमा परेर अन्य एक हजार ३०० जना घाइते भएका छन् ।
घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको बीबीसीले जनाएको छ । अफगानिस्तानको गृह मन्त्रालयले भूकम्पबाट मृत्यु हुनेको संख्या ६१० पुगेको बताएको छ ।
तालिबान अधिकारीहरूले दुर्गम पहाडी क्षेत्रहरूमा उद्धार कार्यका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूलाई आग्रह गरेका छन्। भूकम्पबाट प्रभावित क्षेत्र दुर्गममा रहेकाले उद्धार टोली परिचालनमा कठिनाइ भइरहेको जनाइएको छ ।
दर्जनौँ घरहरू भग्नावशेषमा परिणत भएको बताएका छन्। मारिएकाहरूको सङ्ख्या बढ्न सक्ने गरिएको छ। सो क्षेत्रमा अधिकांश घर कच्ची रहेका कारण भूकम्पको झट्काबाट भत्किएका छन् ।