काठमाडौं । मंगलबार काठमाडौंको गंगबुस्थित विनोद श्रेष्ठको घरबाट बरामद भएको रकम चार करोड २५ लाख भएको पुष्टि भएको छ । प्रहरीले श्रेष्ठको घरमा छापा हानेर रकम बरामद गरेको हो ।
हिजो तीन करोड ५० लाख रकम रहेको बताइए पनि बैंकमा लगेर मेसिनले गन्दा ४ करोड २५ लाख भएको पाइएको हो । यसैगरी, प्रहरीले बरामद गरेको सुन ९ किलो ८३७ ग्राम रहेको पाइएको छ ।
प्रहरीले हिजै घरधनी गोरखाका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो । उनी मिटरब्याजी रहेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।