काठमाडौं । काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु लगाइएको छ । संसद् भवनको गेट तोडेर जेन जी प्रदर्शनकारी भित्र प्रवेश गर्न खोजेका जेन जी प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो ।
संवेदनशील मानिने बानेश्वर क्षेत्र तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु आदेश जारी गरेको हो । आदेशानुसार सोमबार मध्यान्ह १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि बानेश्वर क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाइने छैन ।
नेपाल दर्ता हुन नमानेका सामाजिक प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय, भ्रष्टाचारलगयतका मुद्दामा आक्रोश जनाउँदै आज माइतीघरमा शान्तिपूर्ण आन्दोलन गर्ने भनेका प्रदर्शनकारी बानेश्वर पुग्दा आक्रोशित बनेका हुन् ।