काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडानम्बर ११ मा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सोमबार जेनजीहरूले गरेको प्रदर्शनमा प्रहरीले दमन गर्दा १९ जनाको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए । उक्त घटनापछि आज देशभर जेनजी आन्दोलन व्यापक रूपमा जारी छ ।
प्रदर्शनकारीहरूले स्थानीय प्रशासन र सुरक्षा संरचनामा आफ्नो आक्रोश देखाएका छन् । सुरक्षा निकायहरूले घटनास्थलमा नियन्त्रण कायम राख्न थप प्रयास गरिरहेका छन् ।