काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ लक्षित गर्दै स्टेटस राखेका छन् ।
हालै काठमाडौं आएर प्रधानमन्त्रीमा आफूलाई चयन गर्नुपर्ने देखि मन्त्रीको पदसम्म माग गरेर धरान फर्किएका साम्पाङ लक्षित गर्दै बालेनले आफूलाई जति गाली गरेपनि माया गर्न नछाड्ने बताएका छन् ।
उनले एकतर्फी नै भएपनि हर्क प्रतिको आफ्नो प्रेम साँचो रहेको बताएका छन् ।
उनी लेख्छन्, ‘
डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love.’