काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत टंकबहादुर कार्कीलाई घुससहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार कार्कीले गाउँपालिकामा सम्पन्न सडक स्तरोन्नति तथा निर्माण योजनाको अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेपछि अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

