काठमाडौं । हिन्दूहरूको महान् चाड बडादशैं आज घटस्थापनादेखि शुरू भएको छ। विजया दशमीको प्रारम्भिक दिनका रूपमा मनाइने घटस्थापनाका दिन घर–घरमा जमरा राखी देवीको पूजाआराधना गर्ने गरिन्छ।
वैदिक विधिअनुसार आज बिहानै दियो, कलश र गणेश स्थापना गरी जमीनमा माटो हालेर जौ इत्यादी रोप्ने चलन रहेको छ। यसरी राखिएको जमरालाई दशैंको दशौं दिन विजया दशमीमा देवीको प्रसादका रूपमा लगाइने परम्परा छ।
दशैंलाई परिवार तथा आफन्तबीचको मेलमिलाप र खुसी साटासाट गर्ने पर्वका रूपमा पनि लिइन्छ। यस चाडमा दुर्गा भुक्तिले शक्तिको आराधना गर्दै दुर्गा पक्षको नवरात्र प्रारम्भ गर्ने गरिन्छ।