काठमाडौं । शुक्रबार र शनिबार लगातार परेको वर्षाका कारण आएको बाढी–पहिरोमा परी देशभर ५२ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीले आइतबार दिउँसो दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ५२ पुगेको हो।
सबैभन्दा धेरै मृत्यु कोशी प्रदेशमा भएको छ। इलाममा मात्रै ३७ जनाले ज्यान गुमाएका छन् भने पाँचथरमा ८, उदयपुर र खोटाङमा २–२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, मधेश प्रदेशको रौतहटमा बाढीमा परी ३ जनाको ज्यान गएको छ। लगातारको वर्षा र पहिरोका कारण अन्य जिल्लामा पनि जनधनको क्षति भएको प्रारम्भिक विवरण आएको छ। प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार तथा खोजी कार्यलाई निरन्तरता दिइरहेका छन्।