काठमाडौं । नेपालले सामोआलाई १२४ रनले हराउँदै आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको उपाधि हात पारेको छ।
ओमानको अल अमिरातस्थित ओमान क्रिकेट एकेडेमीमा शुक्रबार भएको फाइनलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो।
नेपालका लागि आसिफ शेखले ६९, दीपेन्द्रसिंह ऐरीले ५३, लोकेश बमले ३९ र कप्तान रोहित पौडेलले २१ अविजित रनको योगदान दिए।
जवाफमा सामोआ २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमै समेटियो। नेपालका ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले एक–एक विकेट लिए।
नेपाल यस प्रतियोगितामा अपराजित रह्यो। यसअघि उसले कुवेत, जापान, युएई, कतार र ओमानलाई पराजित गरेको थियो।
नेपाल, युएई र ओमानले अब २०२६ टी–२० विश्वकप (भारत र श्रीलङ्कामा हुने) खेलका लागि टिकट पक्का गरेका छन्।