रुकुमपश्चिम । बाँफिकोट गाउँपालिका–७ लिस्ने भित्री सडकखण्डमा भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु भएकामध्ये ६ जनाको परिचय खुलेको छ। उनीहरू हुन्: कमला ओली (३०), टेकजंग बुढा (१६), दिलमाया बुढा (१५), मनिका ओली (१७), शर्मिला वि.क. (१८) र गोपाल ओली (२२)। एक जनाको परिचय अहिलेसम्म खुलेको छैन।
दुर्घटनामा परेर १० जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको जनाएको छ।

