काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो।
घटेसँगै आज छापावाला सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ तोलामा थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ। हाल चाँदी प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

