एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री सानेई ताकाइचीले दुई नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन् ।
ट्रम्पको अमेरिका भ्रमणको क्रममासम्झौतामा हस्ताक्षर भएका हुन् । एउटा सम्झौताले अमेरिका–जापान सम्बन्धमा स्वर्ण युगको सुरुवात मानिएको छ । दुई नेताहरूले केही समय अघि मात्रै यी सम्झौताहरूमा हस्ताक्षर गरेका थिए ।
व्यापार सम्झौता लामो समयदेखिका दुई सहयोगीहरू बिचको साझेदारीलाई अझ बलियो बनाउनमा केन्द्रित छ । दोस्रो सम्झौता महत्त्वपूर्ण खनिज सम्झौता हो । यसले दुर्लभ धातुको आपूर्ति सुनिश्चित गर्ने रूपरेखा प्रदान गर्नेछ ।

