काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३६ हजार ३ सय रुपैयाँ तोकेको छ।
अघिल्लो दिन सुनको भाउ २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो। यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ।
अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔंस ३९५८ अमेरिकी डलरमा कारोबार भएको छ।
त्यसैगरी, चाँदीको भाउ भने बढेको छ। बुधबार प्रतितोला ४५ रुपैयाँले महँगिएको चाँदीको भाउ आज २९६५ रुपैयाँमा पुगेको छ। अघिल्लो दिन चाँदी २९२० रुपैयाँमा कारोबार भएको थियो।

