काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.२२ अंकले बढेर २६ सय ३८ को बिन्दुमा कायम भएको हो । आज ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
आज सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेड प्रमोटरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ६६ करोड ५० लाख ६० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गुरास लघुवित्त वित्तीय संस्था र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताहरुले १०/१० प्रतिशका दरले कमाएका हुन्।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउनेमा एनआई बीएल स्टेबल फन्डका लगानीकता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले आज ५.७० प्रतिशतका दरले गुमाएका हुन् । साथै, आज म्यूचअल फन्ड बाहेकका १२ वटा इन्डेक्सहरु हरियाली देखिएका छन् ।

