काठमाडौं । सेयर बजार परिसुच नेप्सेमा हरियाली देखिएको छ । नेप्से परिसुचक ३०.७५ अंकले बढेर २६३१.१४ अंकमा पुगेको छ ।आइतबार कारोबारमा आएका ३१९ वटा कम्पनीमध्ये २०५ कम्पनीको सेयर मूल्य बढ्दा ४२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
आइतबार ६८ हजार ११२ पटकको कारोबारमा २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयरहरु ९० अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँमा किनबेच भएका छन् ।
गत साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से ३४.२२ अंकले बढेर २६००.३८ अंकमा पुग्दा कारोबार रकम ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार रुपैयाँ पुगेको थियो ।
आइतबार वित्त ५.१८ प्रतिशतले बढेको छ । जीवन बीमा समूह ४.३५ प्रतिशतले बढेको बजारमा लघुवित्त समूह १.३८ प्रतिशत, निर्जीवन बीमा १.३३ प्रतिशत, अन्य प्रतिशत १.२३ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन समूह १.२० प्रतिशतले बढ्दा जलविद्युत समूह १.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९६ प्रतिशत, विकास बैंक समूह ०.९० प्रतिशत, लगानी समूह ०.८० प्रतिशतले र वाणिज्य बैंक समूह ०.२९ प्रतिशतले बढेको बजारमा व्यापार समूह भने १.१० प्रतिशतले घटेको छ ।
सामुदायीक लघुवित्त, गुँरास फाइनान्स, पञ्चकन्या माई हाइड्रोपावर, पिपुल्स पावर र तेह्रथुम पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
समग्र बजारमा सुधार देखिएपनि खानीखोला हाइड्रोपावरको सेयर मूल्य ४.७६ प्रतिशतले घटेको छ । आइतबार कारोबार रकमको आधारमा हिमालन बैंक प्रमोटर १ अर्ब ६६ करोड ५० लाख ५९ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि हिमालन बैंक प्रमोटर १ करोड ४० लाख ६ हजार २१७ इकाईको कारोबार सहित अग्र स्थानमा छ । कारोबार संख्याको आधारमा हिमालन बैंक २ हजार ११४ पटकको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।
आइतबारको कारोबारसँगै कूल बजार पूँजीकरण ४३ खर्ब ९८ अर्ब ५७ करोड १४ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । गत साताको कारोबारको अन्तिम दिन बिहीबार ४३ खर्ब ४७ अर्ब १६ करोड १३ लाख रुपैयाँ कायम भएको थियो ।

