काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईसँग ४ विकेटले पराजित भयो। यस हारसँगै नेपाल शृङ्खलामा जितविहीन रह्यो।
टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २३९ रन बनायो। यूएईले ४९.१ ओभरमा ६ विकेट गुमाउँदै २४३ रन बनाउँदै लक्ष्य पूरा गर्यो। मोहम्मद सहदादले ९६ रन र मोहम्मद वसिमले ७६ रन बनाए।
नेपालका लागि करण केसीले ३ विकेट लिए भने नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिए। यसअघि नेपालले अमेरिका र यूएईसँग लगातार तीन खेल हारिसकेको थियो।

