काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। शुक्रबार हङकङको मोङ कोकस्थित मिसन रोड मैदानमा भएको खेलमा अफगानिस्तानले नेपाललाई १७ रनले हरायो।
छ ओभरको छोटो प्रारुपमा खेलेको खेलमा अफगानिस्तानले पाँच विकेट गुमाउँदै ११२ रनको योगफल तयार गर्यो। जवाफमा कप्तान शरद भेषावकर नेतृत्वको नेपाली टोलीले दुई विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो। प्रतियोगितामा कुल १२ देश सहभागी छन्। टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ।
नेपाल ‘ए’ समूहमा दक्षिण अफ्रिका र अफगानिस्तानसँग छ।
अन्य समूहहरू यस प्रकार छन्:
समूह ‘बी’ : अष्ट्रेलिया, इङ्ग्ल्याण्ड, युएई
समूह ‘सी’ : भारत, पाकिस्तान, कुवेत
समूह ‘डी’ : श्रीलंका, बंगलादेश, हङकङ (आयोजक)
नेपालले समूह चरणका आगामी खेलहरूमा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।

