एजेन्सी । बंगलादेशको राजधानी ढाकामा पनि बम विस्फोट भएको छ । भारत र पाकिस्तानको राजधानीपछि ढाकामा पनि शृंखलाबद्ध तरिकाले बम विस्फोट भएको हो ।
विस्फोटमा मानवीय क्षतिको विवरण आएको छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ढाकाका फरक–फरक स्थानमा बम विस्फोट भएको हो । ढाकाका धानमन्डी र गुलिस्तान क्षेत्रमा फरक–फरक समयमा बम विष्फोट भएका हो ।
जिल्ला अदालत भवन अगाडि रोकिएको प्रहरी भ्यानमा भएको विष्फोटमा २७ जना घाइते भएका छन् । यो आक्रमणको जिम्मा पाकिस्तानी तालिबान (टीटीपी)ले लिएको छ । यसैगरी गुलिस्तानको जिरो प्वाइन्ट नजिकै पनि विष्फोट भएको हो ।
यी सबै विस्फोट मंगलबार राति भएको हो । मानवीय क्षति नभए पनि विष्फोटबाट स्थानीय त्रासमा रहेका बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विष्फोट गराइएका बमहरू क्रुड बम भएको बताइएको छ । क्रुड बम भनेको घरेलु तरिकाले बनाइएको साधारण विस्फोटक यन्त्र हो । यो कम गुणस्तरको, असुरक्षित र अस्थिर हुन्छ ।
यसअघि आइतबार भारतको राजधानी नयाँदिल्लीको लालकिला नजिक कारमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको थियो । यसैगरी सोमबार पाकिस्तानको राजधानी इस्लामावादमा विष्फोट हुँदा १३ जनाको मृत्यु भएको थियो ।
ढाकामा भने सरकारी कार्यालय, धार्मिक संस्था र पार्टी कार्यालयलाई लक्षित गरी विष्फोट गराइएको हो । यो घटनापछि देशभर सुरक्षा सतर्कता बढाइएको छ ।

