काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (आज) सुन प्रतितोला दुई लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार यो मूल्य दुई लाख ५० हजार दुई सय रुपैयाँ थियो। यसअनुसार सुनको मूल्य आज ५ सय रुपैयाँले घटेको छ। चाँदीको मूल्यमा पनि कमी आएको महासंघले जनाएको छ।
आज चाँदी प्रतितोला तीन हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको मूल्य तीन हजार तीन सय ४५ रुपैयाँ रहेको थियो। यसअनुसार चाँदी ६० रुपैयाँले सस्तो भएको छ।

