काठमाडौं । यातायात व्यवस्था विभागको डेटा सेन्टर प्रणालीमा पुनः समस्या देखिएको छ। जेनजी आन्दोलनका क्रममा आगजनीका कारण डेटा सेन्टरमा पहिल्यै समस्या उत्पन्न भएपछि सेवा बन्द भएको थियो।
विभागले १६ कात्तिकदेखि आंशिक रूपमा सेवा सुचारु गरे पनि प्रणालीमा नयाँ समस्या देखा परेपछि नयाँ ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिने प्रक्रिया फेरि बन्द गरिएको छ।
विभागले जारी गरेको सूचना अनुसार, डेटा सेन्टरको समस्या समाधान नभएसम्म इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्स आवेदन प्रणाली बन्द रहनेछ। यसबाट नयाँ लाइसेन्स बनाउने वा आवेदन दिने व्यक्तिहरूलाई असुविधा हुने बताइएको छ।

