काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
१३१ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर खेल जित्यो। काठमाडौँका वेन चाल्र्सवर्थले ४६ तथा आकाश त्रिपाठीले ३९ रनको योगदान दिए।
यसअघि टस हारेर ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो। आसिफ शेखले ५४ रनसहित अर्थशतक पूरा गरे। जनकपुरका लागि बलिङमा मिलिन्द कुमारले ३ विकेट लिए।

