काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि प्रहरीले ४ दिन हिरासतमा राख्ने अनुमति पाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रसाईंलाई ४ दिनको म्याद दिएको जानकारी जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले दिएका छन्।
प्रसाईंलाई प्रहरीले गएराति उनको निवासमा गई पक्राउ गरेको थियो। उनी मंसिर दोस्रो सातादेखि आन्दोलन गर्ने तयारीमा रहेको अभिव्यक्ति दिँदै आएका थिए।
प्रहरीका अनुसार, उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप लागेको छ। सोमबार मध्यराति प्रहरीले उनको घरमा पुगेर पक्राउ गरेको हो।

