काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोजले कर्णाली याक्स लाई चार विकेटले पराजित गरेको छ। कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले ५ विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गर्दै रोमाञ्चक जित हात पारेको हो।
चितवनका लागि रवि बोपाराले उत्कृष्ट प्रदर्शन गर्दै ५२ रन बनाए। त्यस्तै, दीपक बोहराले ४२, सैफ जैबले ३८, र कुशल मल्लले २० रन जोडे। कर्णालीका बलरमध्ये सोमपाल कामीले २ विकेट, जबकि उनिस सिंह र युवराज खत्रीले १–१ विकेट लिए।
टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले तीन विकेटको क्षतिमा १६६ रन बनाएको थियो। कर्णालीका प्रियांक पञ्चालले धमाकेदार प्रदर्शन गर्दै ९० रनको इन्निङ खेले भने पवन सर्राफले २७, म्याक्स उडले २०, र मार्क वाटले १६ रन जोडे।
चितवनका पक्षबाट सोहैल तनविर, सैफ जैब र रवि बोपाराले एक–एक विकेट हात पारे।
यस जितसँगै चितवन राइनोजले अंकतालिकामा महत्वपूर्ण दुई अंक जोड्न सफल भएको छ।

