ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–९ छम्पीस्थित सडकमा टिपरको ठक्करबाट युवकको मृत्यु भएको छ। बाग्मती प्रदेश–०१–००४ क १७१४ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३१ वर्षीय संजिब राना मगरको मंगलबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

