लमजुङ । स्थानीयवासीको विरोधपछि ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माण कार्य स्थगित भएको छ। दिव्यज्योति हाइड्रोपावर लिमिटेडले बेसीशहर–६, बेलौती बिसौनामा निर्माण गर्दै आएको आयोजना काम तत्कालका लागि रोकिएको हो ।
आयोजना पक्षले सरोकारवाला निकायसँग छलफल भइरहेको र सहमति जुटेपछि मुख्य निर्माण कार्य पुनः सुरु गर्ने जनाएको छ।
मंसिर ५ गतेदेखि निर्माण थाल्ने लक्ष्य रहे पनि अहिले अनिश्चितता देखिएको छ।
५० मेगावाट क्षमताको यस आयोजना बेलौती बिसौनामा जलाशय र सालडाँडामा विद्युतगृह रहने गरी निर्माण हुने छ। करीब १० अर्ब रुपैयाँ लागतको आयोजनामा ३० प्रतिशत इक्विटी र ७० प्रतिशत ऋण लगानी रहनेछ।
आयोजनाबाट उत्पादित विद्युत् उदिपुर सबस्टेसनमा जोडिनेछ र करिब साढे दुई वर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
यता बेसीशहर र वरपरको भौतिक, आर्थिक, धार्मिक सांस्कृतिक र वातावरणमा नकरात्मक प्रभाव पार्ने गरी निर्माण हुन लागेकोे मस्र्याङ्दीबेसी जलविद्युत आयोजना बन्द हुनुपर्ने एकसुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएको मस्र्याङ्दी बचाऔं संघर्ष समितिले आयोजनाको विरोधमा हस्ताक्षर संकलन अभियान शुरु गरेका छन् ।

