काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो।
चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। चौथो विकेटका लागि कप्तान रोहित पौडेल र गुल्बदिन नैबले ६० रनको साझेदारी गरे। गुल्बदिन अविजित ४४ रन बनाए भने रोहित ३९ रनमा आउट भए। ओपनर सन्दीप जोरा २८ रनमा क्याच आउट भए।
बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलमेनले तीन विकेट लिए भने अविशेष र गुल्बदिनले दुई–दुई विकेट हात पारे। एनपीएलमा भोलि पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्स भिड्नेछन्।

