काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ३९.९२ अंक बढेको छ ।
सो वृद्धिसँगै नेप्से २६०० अंकमा पुगेको छ । कारोबार सुरु भएपछि नै उकालो लागेको नेप्से दिनभर हरियो रह्यो । कुल २३७ कम्पनीको मूल्य बढ्दा १८ को घट्यो भने २ को स्थिर रह्यो ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन बिहीबार ४ अर्ब ६८ करोडको कारोबार भएकोमा आज ६ अर्ब २८ करोडको भयो । लगानी र जीवन बीमा समूह २ प्रतिशतभन्दा धेरै बढेको छ ।

