काठमाडौं । सरकारले रक्षा सचिव सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रक्षा सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्बाट उनी २९औं मुख्यसचिव बनेका छन् । प्रशासन सेवा तथ्यांक समूहका अर्याललाई सरकारले २९औं मुख्यसचिव बनाएको छ । उनी खुला प्रतिस्पर्धाबाट शाखा अधिकृत, आन्तरिक प्रतिस्पर्धाबाट उपसचिव र खुला प्रतिस्पर्धाबाट सहसचिव भएका थिए । सुमन २०५३ सालमा अधिकृत, २०६६ सालमा उपसचिव, २०६८ सालमा सहसचिव र २०७७ माघमा सचिव बनेका थिए ।

