काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदै छ।
उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अपराह्न ४ बजे सुरु हुनेछ।
करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेलेको छ। यसका दुई हार र एक खेलमा जित निकालेको थियो।
काठमाडौं दुई अंकसहित तेस्रो स्थानमा छ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अंकसहित चौथो स्थानमा छ। दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ।

